काठमाडौं । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ ।
शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।
यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।
पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा आठौँ नम्बरमा अटाएका हुन् ।
वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँ नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौ नम्बरमा परराष्ट्रमन्त्री डा.आरजु राणा रहेका छन् ।
शिक्षामन्त्री पन्त भन्दा पछि नवौँ नम्बरमा खानेपानीमन्त्री प्रदीप यादव, १० औँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र एघारौ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेका छन् ।
एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन् ।

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’