नवलपरासी । भारतले गण्डक ब्यारेजबाट पानी नदिएपछि डेढ महिनायता गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन ठप्प भएको छ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका छन्।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको हो।
भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको जानकारी उनले दिए।
लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो।
करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्को नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा रहेको छ।
यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुषालले बताए।
भारतीय पक्षले हरेक वर्ष कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ। यसले गर्दा नेपाललाई नोक्सान हुने गरेको उनले बताएका छन्।
नहरमा पानी बन्द भएकाले विद्युत् उत्पादन ठप्प भएपछि दिनहुँ ७ देखि ८ लाख रुपैयाँसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए।
१५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्रले अहिले ४ देखि साढे ४ मेगावाटसम्म मात्र विद्युत् उत्पादन गरिरहेको छ। ३ वटा टर्बाइन भएको जलविद्युत् केन्द्रेका २ टर्बाइनले मात्र विद्युत् उत्पादन गरिरहेका छन् भने एउटा टर्बाइन बिग्रिएर थन्किएको छ।
गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसारका रहेको हुनाले प्रतिस्थापन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो