नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २६औँ स्मृति दिवस मनाइँदैछ ।
स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले बिहान ८ बजे प्रतिष्ठानको केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता अधिकारीको नेतृत्वमा एमालेले विसं २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको तत्कालीन सरकारले ‘आफ्नो गाउँ, आफै बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी लगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।
अधिकारी नेतृत्वकै सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ ।
लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयाघात भएर उपचारका क्रममा निधन भएको थियो ।
‘नेता मनमोहन अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छिन्।
छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताइन्।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर