शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट

शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट

प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल

patrakar Ghaite

काठमाडौं। शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् ।

उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा गम्भीर चोट लागेको प्राइम टेलिभिजनले जानकारी दिएको छ। । अहिले उनको तिलगंगामा उपचार भइरहेको छ। आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ।

उनका अनुसार पानीको फोहोराबाट घाइते भएकी उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल लगेको थियो। सिभिलले ट्रमा सेन्ट्रर सिफारिस गरेको थियो । तर, आँखामा गम्भीर चोट भएका कारण उनलाई ट्रमाबाट अहिले सिनामंगलस्थित तिलगंगामा पुर्‍याइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ