बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते

बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते

acc_tractor chhangchhangdi

स्याङ्जाको भीरकोट नगरपालिका – ४ छाङ्छाङ्दी मन्दिर अगाडि सिद्धार्थ राजमार्गमा दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

आइतबार दिउँसो १२ बजेको समयमा पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७२३७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ग १ त ५८९६ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सह – चालक चितवन इच्छाकामना गाउँपालिका – १ का ३२ वर्षीय विष्णु चेपाङ घाइते भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

घाइते चेपाङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचारपछि पोखरा रिफर गरिएकोमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक तिवारीले बताए ।

बस, ट्याक्टर तथा चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ