रुखले च्यापिएर एक जनाको मृत्यु

रुखले च्यापिएर एक जनाको मृत्यु

ladera mrityu

हेटौँडा । मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

बागमती गाउँपालिका–३ देउजोर स्थित सूर्य किरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमबार साँझ इलाम नगरपालिका– ९ बस्ने ४६ वर्षीय दिल कुमार लिम्बुको रुखले च्यापिएर मृत्यु भएको हो ।

रुखले च्यापिएर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थलमा पुगेर प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुचुल्काका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वनाथ साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ