शिक्षक र सरकारबीच सहमति, अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बस्दै

शिक्षक र सरकारबीच सहमति, अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बस्दै

भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत

teachers-saral-s

काठमाडौं। आन्दोलनरत् शिक्षक र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ। सहमतिसँगै शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ ।

सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ। सिंहदरबारमा भएको वार्तामा आज बेलुका दुई पक्षबीच सहमति भएको हो।

के के विषयमा सहमति भयो भन्ने सार्वजनिक हुन बाँकी छ। बैठकपछि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गरिने जनाएको छ।

भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत

सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए ।

यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ