आजदेखि खुले सरकारी विद्यालय

आजदेखि खुले सरकारी विद्यालय

school-maa-paddai

पोखरा । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् ।

देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधवार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् ।

सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ