छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

खोप

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

khop balbalika

काठमाडौँ — सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । ‘नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ’, उनले भने, ‘त्यो दिन विगतमा नियमित खोप छुटेका बालबालिकाले खोप लगाउनेछन् ।’

नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखा प्रमुख डा. गौतमले बाँकी पाँच प्रतिशत छुटेका बालबालिकालाई खोजी गरी खोप लगाइने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप छुटेका सबै बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकहरूलाई आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ