संसदमा नेकपा एसको लहरमा बसेका वामदेवसँग एमाले नेता सूर्य थापाको भेटवार्ता

संसदमा नेकपा एसको लहरमा बसेका वामदेवसँग एमाले नेता सूर्य थापाको भेटवार्ता

थापा भन्छन् - मिलेर केही गर्ने समझदारी भयो

bamdev surya

काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेटवार्ता गरेका छन्। राष्ट्रियसभा सदस्य समेत रहेका गौतमलाई सांसद थापाले भैंसेपाटीस्थित निवासमै पुगेर भेट गरेका हुन्।

संसद्को हिजोको संयुक्त बैठकमा नेकपा एसको लहरमा गौतम बसेको भोलिपल्ट नै थापाले महत्त्वपूर्ण भेटघाट भएको भन्दै फेसबुकमा फोटो राखेका छन्।

‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्त्वपूर्ण भेटघाट भएको छु थापाले लेखेका छन्, ‘मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो जाग्दो नै रहेको छ।’

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आ(आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको उल्लेख गरेका छन्।

एकता अभियान चलाइरहेका गौतम केही समयअघि माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्न तयार भएका थिए। तर, एमाले अध्यक्ष ओलीले एमालमै फर्काउने आश्वास दिएपछि उनी अहिले अन्योलमा छन्।

हिजो सदनमा माधव नेपालसँगै बसेको भोलिपल्टै ओलीका नजिक मानिएका सांसद थापाले गौतमसँगको फोटा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ