शिक्षक आन्दोलनले सरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु

शिक्षक आन्दोलनले सरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु

exam

पोखरा । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ ।

यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

आजदेखि सुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ