काठमाडौँ । काठमाडौँबाट ४० लाख ३२ हजार ५ सयहुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देश भारत, कलकत्ता 6/D North Road यादवपुर घर भइ काठमाडौँ महानगरपालिका २३ ओम बहाल बस्ने वर्ष ६७ को सुरज दत्त र रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने वर्ष ६३ को धर्म प्रसाद ढकाल रहेका छन् ।
उनीहरुलाई मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी काठमाडौँ २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट नगद रु। ४० लाख ३२ हजार पाँच सय हुन्डीको रकम समेत बरामद गरेको छ ।
यस्तै, १ हजार दरको ४ हजार २० ओटा रु. ४० लाख २० हजार र ५०० दरको २५ ओटा रु. १२ हजार ५०० दसी, सामसुङ कम्पनीको A55 मोबाइल १ थान, A50 मोबाइल १ थान साथै, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को चेक १९ थान र विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को पासबुक ११ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह