काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।
उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार महंगो टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको खुलेको हो।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए। छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।
प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन।
प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एक वैवाहिक कार्यक्रममा सहभागी हुन उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति खानपिनसहित रमझम गरेका थिए । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल लगिएको स्रोतले बतायो ।
उनको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेका छन् ।
काठमाडौंकै महँगो रिसोर्ट हो टेरेस, जहाँ प्रचण्ड पहिले पनि गैरहन्थे । २८ हजारदेखि ८० हजारसम्म प्रतिदिन रूमरेट छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन पनि सोही रिसोर्ट पुगेका थिए ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?