मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा बिहे घरमा करेन्ट लाग्दा २ जना वृद्धाको मृत्यु भएको छ।
मंगलबार राति बिहेको कार्यक्रम चलिरहेका बेला अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर रतुवामाई–३ की ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो।
स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विवाह घरमाथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो।
बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका ३ महिलालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउनसाथ २ जनालाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्। नगर अस्पताल झुर्कियामा उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो