पोखराको पुम्दीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

दुर्घटना

पोखराको पुम्दीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

बसमा अधिकांश भारतीय पर्यटक सवार

shantiban bus

पोखरा महागनरपालिका वडा नं. २२ स्थित विश्व शान्ति स्तूपा नजिकै नगरबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

पुम्दीकोटदेखि छोरेपाटनतर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो । बस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो ।

बसमा करिब २५/२६ जना सवार थिए । उनीहरूमध्ये सामान्य एवं गम्भीर गरी २० जना घाइते छन् । तीमध्ये ५ जना गम्भीर घाइते रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ। ब्रेक फेल भएर बस दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।

उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ