महालेखा परीक्षक कार्यालय बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जा जिल्लामा १६ करोडभन्दा बढी बेरुजु देखिएको छ । पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा १६ अर्ब २० करोड १३ लाख ३० हजार रुपैयाँको लेखापरीक्षणमा १६ करोड २० लाख सात हजार रुपैयाँ बेरुजु देखिएको हो ।
यहाँ नगरपालिकामा प्रतिशतका आधारमा धेरै चापाकोटमा २.०४ प्रतिशत र कम पुतलीबजारमा ०.६१ प्रतिशत तथा गाउँपालिकामा सबैभन्दा बढी हरिनासमा ४.६३ प्रतिशत र सबैभन्दा कम बिरुवामा ०.१२ प्रतिशत बेरुजु देखिएको छ ।
गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ५३ लाख ४४ हजार रुपैयाँको लेखापरीक्षणमा एक करोड १८ लाख २१ हजार रुपैयाँ अर्थात् ०.६६ प्रतिशत बेरुजु देखिएको छ भने चापाकोट नगरपालिकामा एक अर्ब ५२ करोड ४२ लाख ९८ हजार रुपैयाँमा लेखापरीक्षणमा तीन करोड ११ लाख ४२ हजार रुपैयाँ अर्थात् २.०४ प्रतिशत बेरुजु देखिएको हो ।
यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३९ करोड ४७ लाख ८२ हजार रुपैयाँको लेखापरीक्षणमा एक करोड ४५ लाख ३३ हजार रुपैयाँ अर्थात् ०.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ५६ करोड ४६ लाख सात हजार रुपैयाँको लेखापरीक्षणमा एक करोड २४ लाख ८८ हजार रुपैयाँ अर्थात् ०.८० प्रतिशत बेरुजु देखिएको छ ।
वालिङ् नगरपालिकामा दुई अर्ब २८ करोड ७६ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षणमा दुई करोड ३० लाख ३० हजार रुपैयाँ अर्थात् १.०१ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाउँपालिकामध्ये अर्जुनचौपारी गाउँपालिकामा ९९ करोड ३५ लाख २० हजार रुपैयाँको लेखापरीक्षणमा ३६ लाख ५५ हजार रुपैयाँ अर्थात् ०.३७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, आँधीखोला गाउँपालिकामा एक अर्ब २१ करोड ८१ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षणमा ९४ लाख ८० हजार रुपैयाँ अर्थात् ०.७८ प्रतिशत बेरुजु देखिएको छ भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब ३१ करोड ५७ लाख ३१ हजार रुपैयाँको लेखापरीक्षणमा ३१ लाख ६७ हजार रुपैयाँ अर्थात् ०.२४ प्रतिशत बेरुजु देखिएको छ ।
फेदीखोला गाउँपालिकामा ९३ करोड १५ लाख ९४ हजार रुपैयाँको लेखापरीक्षणमा ३१ लाख ९६ हजार रुपैयाँ अर्थात् ०.३४ प्रतिशत बेरुजु देखिएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।
बिरुवा गाउँपालिकामा एक अर्ब १३ करोड ७० लाख रुपैयाँको लेखापरीक्षणमा १३ लाख ८३ हजार रुपैयाँ अर्थात् ०.१२ प्रतिशत बेरुजु देखिएको छ भने हरिनास गाउँपालिकामा एक अर्ब तीन करोड ८५ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षणमा चार करोड ८१ लाख १२ हजार रुपैयाँ अर्थात् ४.६३ प्रतिशत बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस