काठमाडौं : देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकार छन्। सबैको बेरुजुको चाङ छ। तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ। त्यो हो काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका। जसको बेरुजु एक रुपैयाँ पनि छैन।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताउँछन्।
‘कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर फलो गर्न लगायौं, उनीहरूलाई यो विषयमा तालिम दियौं, अध्यक्ष जिम्बाले भने, हामीले नीति नियम संगतबाहेक काम नगर्ने भनेर जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धता गर्यौं।’ कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य बेरुजु भएको उनले बताए।
‘नियमसंगत फाइलको मात्रै अगाडि बढायौं, नियम संगत नभएका कामलाई तुरुन्तै नियन्त्रणमा लिने काम गर्यौं, यसको फलस्वरूप हामी शून्य बेरुजु हुन सफल भयौ,’ उनले भने। गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो तर योपटक भने अरुले शून्य बेरुजुलाई कायम राख्न सकेनन्। गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा पनि बेरुजु शून्य थियो।
अध्यक्ष जिम्बाले यो वर्षमात्रै होइन विगतमा र भविष्यमा पनि शून्य बेरुजु नहुने गरी योजना बनाएर काम गरिरहेको बताए। नयाँ योजना होइन, भइरहेका योजनालाई निरन्तर फलो गरेर यो अवस्था आएको उनको भनाइ छ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?