काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावललाई सहकार्यका लागि अपिल गरेका छन् ।
शनिबार रावलको गृह जिल्ला अछाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले साँफेबगरमा आयोजित एक सभाबाट सहकार्यको अपिल गरेका हुन् ।
‘कुनै बेला त पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो, भीम रावल । मैले भीम रावलको सम्पर्क कार्यालय आउँदा आउँदै बाटोमा देखेँ । मैले हिजोमात्रै उहाँसँग फोनमा पनि कुरा गरेको थिएँ,’ प्रचण्डले ले भने, ‘उहाँले हाम्रो अभियानको सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले भनेको थिएँ, तपाईं हामी बसेर कुराकानी गर्नुपर्ने ठाउँमा तपाईं को को सँग कुरा गरिराख्नुभएको छ ? भनेको छु ।’
रावलसहित अन्य कार्यकर्तालाई पनि पार्टीमा आउन अपिल गर्दै उनले भौंतारिएर केही फाइदा नहुने बताए ।
‘म यो साफेँबगरको माञ्चबाट भीम रावल लगायत इमानदार कम्युनिस्टहरूलाई इमानदार कम्युनिस्ट सँगै सहकार्य गर्न अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘अन्त भौंतारिएर केही फाइदा छैन । भीमजी प्रति मैले सद्भावसहित यो अपिल गर्न चाहन्छु ।’
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर