अछाम पुगेर प्रचण्डले भनेः भीम रावलजी भौंतारिएर हुँदैन, माओवादीसँग सहकार्य गरौं

राजनीति

अछाम पुगेर प्रचण्डले भनेः भीम रावलजी भौंतारिएर हुँदैन, माओवादीसँग सहकार्य गरौं

bhim-prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावललाई सहकार्यका लागि अपिल गरेका छन् ।

शनिबार रावलको गृह जिल्ला अछाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले साँफेबगरमा आयोजित एक सभाबाट सहकार्यको अपिल गरेका हुन् ।

‘कुनै बेला त पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो, भीम रावल । मैले भीम रावलको सम्पर्क कार्यालय आउँदा आउँदै बाटोमा देखेँ । मैले हिजोमात्रै उहाँसँग फोनमा पनि कुरा गरेको थिएँ,’ प्रचण्डले ले भने, ‘उहाँले हाम्रो अभियानको सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले भनेको थिएँ, तपाईं हामी बसेर कुराकानी गर्नुपर्ने ठाउँमा तपाईं को को सँग कुरा गरिराख्नुभएको छ ? भनेको छु ।’

रावलसहित अन्य कार्यकर्तालाई पनि पार्टीमा आउन अपिल गर्दै उनले भौंतारिएर केही फाइदा नहुने बताए ।

‘म यो साफेँबगरको माञ्चबाट भीम रावल लगायत इमानदार कम्युनिस्टहरूलाई इमानदार कम्युनिस्ट सँगै सहकार्य गर्न अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘अन्त भौंतारिएर केही फाइदा छैन । भीमजी प्रति मैले सद्भावसहित यो अपिल गर्न चाहन्छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ