पोखरा महानगरपालिका वडा नं. १५ भित्र रहेका कक्षा १२ परीक्षा दिएका विद्यार्थीलाई वडाले तालिमको अवसर प्रदान गरेको छ ।
वडाभित्र रहेका विद्यार्थीहरुका लागि वडाको समन्वयमा इन्टरनेशनल स्कूल अफ म्यानेजमेण्ट एण्ड टेक्नोलोजी (आइएसएमटी), पोखराले आइटी, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी सम्बन्धी तालिमहरु प्रदान गर्ने भएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
‘नतिजाको पर्खाईमा रहेका विद्यार्थीहरुलाई फुर्सदको समयमा तालिम मार्फत् सीप सिक्ने यो राम्रो अवसर हो ।’ वडाध्यक्ष बानियाँले भने ।
तालिममा सहभागी हुन इच्छुक विद्यार्थीले आफ्नो नागरिकता/जन्मदर्ता र शैक्षिक प्रमाणपत्रसहित जेठ ६ गते कार्यालयसमयभित्र क्यूआर कोड स्क्यान गरी आवेदन पेश गर्न सूचनामार्फत् जानकारी दिइएको छ ।
कलेजबाट भिडियो तथा ग्राफिक डिजाइन, एआई क्र्यास कोर्स, इन्टरनेट अफ थिङ आइओटी, डिजिटल मार्केटिङ, व्यवसायिक सीप, हाउसकिपिङ, किचन प्राक्टिकलसम्बन्धी तालिमहरु प्रदान गरिने सहमति भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।

पोखरा १५, नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस) सम्बन्धनमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको अपरेशन म्यानेजर शिव पौडलले जनाए ।
आइएसएमटी ग्रुपले पोखरासँगै काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी, आइटी, आइटी (सिएसई), बीएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो