नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा विधिवत पूजा गर्दै दर्शन गरेका छन् ।
शनिबार स्याङ्जा क्षेत्र नं. – १ को क्षेत्रीय सम्मेलनमा स्याङ्जा आएका महामन्त्री थापाले अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्मित नेपालकै पहिलो नवग्रह मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।
महामन्त्री थापाले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा पूजाआजा गरेका थिए ।
थापाले षट्कोण शिवालयमा पूजाआजासँगै पञ्चकन्याको मन्दिरमा पुगेर पूजा गरेका थिए भने त्यससँगै नवग्रहको नौघेरामा घुमेर बाहिर निस्किएका थिए ।
नवग्रह मन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै महामन्त्री थापाले यसको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । स्थानीयहरूको श्रमदानबाट यत्रो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबर्द्धनका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ थियो ।
नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर देशमै पहिलोपटक नवग्रह मन्दिर निर्माणको पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई धन्यवादसँगै बधाई समेत ज्ञापन गरे ।
घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो भने गत फागुन ६ गतेबाट १६ गते सम्म शिवरात्रीको अवसरमा अनुष्ठान गरिएको थियो ।
प्रदेश सरकारको चालिस तथा गाउँपालिकाको बीस लाख गरेर ६० लाख र स्थानीय श्रमदानबाट निर्माण भएको यो नवग्रह मन्दिर नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो रहेको छ ।
छिमेकी राष्ट्र भारतको असम चित्रसाल र लखनउमा नवग्रह मन्दिर रहेकोमा यहाँ बनाइएको नवग्रह मन्दिर फरक रहेको र यो प्रकारको विश्वमै पहिलो भएको दाबी समेत गरिएको छ ।
१५७ रोपनीमा फैलिएको धार्मिक वनमा निर्माण गरिएको नवग्रह मन्दिरको पिलरको सबैभन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ ।
यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो ।
पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ ।
मन्दिर विशेष अवसरमा अन्य बार समेत खुल्ने गरेको छ भने एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।
सौर्यमण्डलिय ब्रमाण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।
षट्कोण, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानिय ढुङ्गा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु