काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १ लाख बढि रकमसहित ७ जना पक्राउ

काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १ लाख बढि रकमसहित ७ जना पक्राउ

pakrau

काठमाडौँ । काठमाडौँको जयबागेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा १ लाख बढि रकमसहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– ८ जयवागेश्वरी बस्ने अन्दाजी ६६ वर्षीय भिम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षीय बुद्धि तामाङ, धादिङ गजुरी गाउँपालिका– ८ घर भइ सोही ठाउँ बस्ने ४३ वर्षीय देवी बहादुर अधिकारी र बागलुङ बेशीखोला गाउँपालिका– १ घर भइ सोही साउँ बस्ने ५४ वर्षीय रेशम सिजाली रहेका प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी काठमाडौँ– ८ जयबागेश्वरीस्थि तपशुपति क्षेत्र विकास कोषको अमालकोटको पाले सुत्ने घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भइ खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख ७ हजार नगद र चार बुक ताससमेत बरामद गरेको छ ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ