पोखरा । काठमाडौँ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।
यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर निर्माण कार्य गरिने भएको हो ।
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न लागिएको जानकारी दिए । धादिङ जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वय गरेर यो निर्णय गरिएको उनले बताए ।
नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।
त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
बन्दको समयमा काठमाडौँबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह