काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच भनाभन भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको हो।
माओवादी सांसद अमनलाल मोदीले सत्तापक्ष एवं नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको सम्बन्धमा टिप्पणी गरेका थिए। उनले एमालेकै सभापति रहेको समितिमा एमाले सांसदहरूले फरक मत राख्नु अस्वाभाविक भएको बताएका थिए।
उनले बोल्दै गर्दा एमाले सांसद गोकुल बास्कोटाले आपत्ति जनाएका थिए। समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै उनले एमालेको नाम किन लिइएको भन्दै आक्रोश पोखे।
करिब ५ मिनेट एमाले-माओवादी सांसदबीच वादविवाद भयो। एमालेबाट गोकुलसँगै योगेश भट्टराईले आपत्ति जनाइएपछि एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि आक्रोशित बनेका थिए।
सभापति ऋषिकेश पोखरेलले विवादलाई साम्य गर्ने प्रयास गरेका थिए। सांसद मोदीले त्यही भएर लेखा समिति प्रमुख प्रतिपक्षीकै हुनुपर्ने बताएका थिए।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?