सभापतिमाथि माइक र नेमप्लेट प्रहार गरिन् माओवादी सांसदले

सभापतिमाथि माइक र नेमप्लेट प्रहार गरिन् माओवादी सांसदले

Kiran Kalpana

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी छन्।

बुधबार (आज) बसेको समितिको बैठकमा समिति सदस्य तथा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गरेकी हुन्।

सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन्। त्यसपछि उनले समय नलिकनै बोल्न थालिन्। यसपछि सभापति साहले उनलाई रोकेका थिए। तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन्। तर, लागेन।

सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन्। तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन। ‘उहाँले मलाई नै प्रहार गर्नुभएको हो। तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो,’ सभापति साहले भनेका छन्।

सांसद कुसारी पनि आफूले माइक प्रहार गरेको स्वीकार्छिन्। ‘हानेकै हुँ तर, लागेन,’ उनले भनिन्। उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन्।

यो घटनाले संसदीय मर्यादामा आँच पुर्‍याएको टिप्पणी हुन थालेको छ। कतिपयले सामाजिक सञ्जालमा सांसदहरू ‘असहिष्णु’ बनेको टिप्पणीहरू गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds