पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको आयोजना तथा गण्डकी प्रदेश टेबल टेनिस संघको सहकार्यमा विहिबार आयोजित भेलाले प्रकाश वाग्लेको अध्यक्षतामा ९ सदस्यीय पोखरा महानगरपालिका टेबल टेनिस संघ सर्वसम्मत चयन गरेको छ ।
महानगर संघको उपाध्यक्षमा दिपकराज गिरी, सचिवमा मिलन खड्का, कोषाध्यक्षमा गौरी भुजेल, सहसचिव अभिषेक आचार्य, सदस्यमा निर्मला ओली, गौरव शेरचन, तृषा गुरुङ, नवीन गुरुङ र मनिष भुजेल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई दिर्दै कार्यकालको सफलताको कामना गरेका थिए ।
नवनिर्वाचित पोखरा महानगर टेबल टेनिस संघका अध्यक्ष प्रकाश वाग्लेले टेबल टेनिस खेलको विकास तथा खेलाडीहरुको क्षमता अभिवृद्धि लागि आफुले सकेसम्म लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतमराज लामा, मनाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष क्षितिज गुरुङ, सिनियर सिटिजन एवं प्रशिक्षक एस. रवि चन्द्रन, कास्की जिल्ला टेबल टेनिस संघका निवर्तमान सचिव कृष्ण रानाभाट लगाएतले वोलेका थिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’