देउवाका बारेमा धनराजले भने: रिस गरेर हुन्न, उहाँ अझैँ छ–सात पल्ट प्रधानमन्त्री बन्नुहुन्छ

राजनीति

देउवाका बारेमा धनराजले भने: रिस गरेर हुन्न, उहाँ अझैँ छ–सात पल्ट प्रधानमन्त्री बन्नुहुन्छ

dhanaraj deuba

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा अनेक राजनीतिक उतारचढाव ब्यहोरेर नै पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन्।

शनिबार स्याङ्जा कांग्रेसका पूर्व सभापति स्व. खगेन्द्रराज रेग्मीको स्मृति सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्।

‘हाम्रो पूर्वप्रधानमन्त्री ज्यू, हाम्रो सभापति ज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढङ्गबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव मैले यहाँ व्याख्या गरिरहन परेन,’ उपसभापति गुरुङले भने,‘त्यो उतारचढावलाई छिचोल्दै छिचोल्दै अगाडि बढ्दाखेरि रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो.. भनेर हुन्छ?’ देउवा अझैँ पनि प्रधानमन्त्री बन्ने उनले बताए। उनले भने, ‘अझैँ बन्न सक्नुहुन्छ नि उहाँ(देउवा)। छ पल्ट, सात पल्ट नि बन्न सक्नुहुन्छ उहाँ।’

एउटा राजनीतिकर्मीको जीवनमा अनेक उतारचढाव स्वाभाविक रूपमा आउने पनि उपसभापति गुरुङले बताए। ‘राजनीतिमा धेरै उतार चढावहरू आउलान्। धेरै घुम्तीहरू आउलान्, धेरै अप्ठेरा बाटाहरू आउँछन्। ती सबैलाई छिचोल्दै, पार गर्दै अगाडि बढ्ने हो,’ उनले भने। राजनीतिमा के पाएँ, के गुमाएँ? भनेर औँला गन्ने र हिसाब गर्ने काम जायज नहुने पनि उनले बताए।

‘राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि, आफ्नो लक्ष्य भनेको  देश र जनताको लक्ष्य, नेताको लक्ष्य भनेको देश र जनताको लक्ष्य हो,’ उनले भने, ‘त्यो लक्ष्य प्राप्तिको लागि अविरल अटल ढङ्गबाट अघि बढ्ने हो। त्यो नै मैले खगेन्द्र गुरुबाट पाएको शिक्षा हो, ज्ञान हो ।’

राजनीतिमा ‘मैले त्याग गरेँ, मैले के पाएँ?’ भन्ने गलत भाष्य खडा भएको पनि उपसभापति गुरुङले बताए। ‘मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्यागै हो । त्यागको मूल्य हुँदैन। त्यसपछि पछाडि गएर मैले त्याग त गरेँ, तर मूल्य खोइ ? के पाएँ भनेपछि मूल्य खोजेको हुन्छ,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds