काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेको ठाउँमा नयाँ सभापति बनाउन सुझाव दिएका छन् । शनिबार रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले उक्त सुझाव दिएका हुन् ।
न्यौपानेले लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा संसदीय दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । पार्टीको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने उल्लेख गरेका छन् ।
न्यौपाने यसअघि सो पार्टीको अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । पछि उनले सो पदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सन्जालमा पनि आफ्नो धारणा राखेका छन् ।
हेर्नुहोस् उनका धारणा जस्ताको तस्तै-
मिति २०८२/२ /१२गतेको सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो छ ।पार्टीलाई अगाडि बढाउन देहाएका काम गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ रहेको छ।
संगठित रूप
१. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य- सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुनेगरी )महाअधिवेशनसम्मका लागि तत्काल पूर्ति गर्ने।
२. शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने
३.संसदीय दलको नेता चयन गर्ने
४.सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने
५. ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।
सैद्धान्तिक रूप
१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।
२. वैकल्पिक राजनीतिक दलहरूर नयाँ राजनैतिक दलर वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।
३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने , र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।
४.देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।
५.भारत ,चीन ,अमेरिका , युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो