मोरङ । मोरङमा बहे घरमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
धनपालथान गाउँपालिका–६ कदमहास्थित एउटा बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।
भजनलाल सहनीको छोरीको बिहे चलिरहेका बेला शुक्रबार राति ११ः३० बजेतिर झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार बिहे विधि चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।
मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष) बीच बढेको विवाद झडपमा परिणत भएको हो ।
झडपमा धनपालथान– ६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ।
झडपमा दुवै पक्षका घाइते भएका छन्। तीमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरुको टाउकोमा टाँका लगाइएको र सबै जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार विराटनगरको पिचराबाट बेहुला लिएर जन्तीहरु बेहुली लिनलाई धनपालथान पुगेका थिए।
यद्यपि झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो।
इलाका प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेर घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह