काठमाडौँ । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन् ।
पति लामिछानेको आदेश आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नगरिएको लेखेकी छन् ।
‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ,’ उनले लेखेकी छन् ।
त्यसअघि उनी लेख्छिन्, ‘करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहेँ। केहीपछि सहरजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो । ‘एकैछिन है…’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए ।’
निकिताले भोलिपल्ट भैरहवा नै गएको पनि फेसबूकमा लेखेकी छन् । उनले त्यसलाई जिन्दगीकै कठिन दिनसमेत भनेकी छन् ।
‘अन्यायको शिकार भएकी म कसरी तंग्रिएर हिँडे होला । कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होश खुलेजस्तो भयो। साँझ काठमाडौं फर्किए ।’ उनले भनेकी छन् ।
उनले केही प्रमाण नभेटिँदा पनि आफ्नो श्रीमान्लाई थुनेको तर्क गरेकी छन् । ‘गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग ?’
गत शुक्रबार अदालतले लामिछानेको आदेश दिँदै थियो। श्रीमान् छुट्लान् भनेर अदालत पुगेकी निकिता नभेटी फर्किइन्। त्यसबेला अदालतले लामिछानेलाई थुनामै राख्नका लागि आदेश दिएको थियो ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’