युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित, कसले कति मत पाए ? [मतसहित]

राष्ट्रिय युवा संघ १०औं महाधिवेशन

युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित, कसले कति मत पाए ? [मतसहित]

सुमन पुरी टीमबाट पदाधिकारीमा अरुण कुँवर मात्रै

kshitiz thebe

पाेखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीमा एकजना बाहेक सबै क्षितिज थेबे प्यानल निर्वाचित भएका छन् । अध्यक्षमा थेबेले ७९६ मतका साथ बिजय हासिल गर्दा सुमन पुरीले ६०८ मत पाएका छन् ।

पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।

थेवे अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए । गुरुङले ८९५ र शाहले ७७३ मत पाए । पधिकारीमध्ये सर्वाधिक मत उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मत ल्याउदै निर्वाचित भए । पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए ।

खुला सचिवमा अरुण बहादुर कुवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए । अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन् । पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए ।

सचिव (मधेशी) तर्फ थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए । आलमले ७४३ र सुब्बाले ६४६ मत पाए । सचिव (मधेशी) तर्फ प्रत्यासी चितरन्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे।

पदाधिकारीमा सर्वाधिक कम मतान्तर महिला सचिव निशा लिम्बु र रेशु तामाङबीच भयो । रेशु निशासँग ३२ मतले स्तब्ध भइन् ।

संघको १० औं अधिवेशनले १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

कसले कति मत पाए ?

Final-Result

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ