काठमाडौं । प्रधानमन्त्रीसहित नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको छ ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला सहभागी थिए।
प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले सदनमा उठाएका विषयका बारेमा सरकारका तर्फबाट गृहमन्त्री लेखकले बुधबार प्रतिनिधि सभा बैठकलाई जानकारी गराउने निष्कर्ष छलफलले निकालेको एमाले मुख्य सचेतक बर्तौलाले जानकारी दिए।
‘आज प्रतिनिधि सभा कार्यसूचीअनुसार अघि बढ्नुपर्छ, संविधानबमोजिम भोलि सरकारले बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षीहरूले उठाएका विषयमा सरकारका तर्फबाट आज गृहमन्त्रीज्यूले जबाफ दिनुहुन्छ।’
प्रतिनिधि सभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले बोल्दै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।
मंगलबार स्थगित प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेलाई बोलाए पनि निर्धारित समयमा बैठक सुरू हुन सकेको छैन।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’