वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने

वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने

bridda -bhatta

पोखरा । सरकारले ज्येष्ठ नागरिकहरुलाई दिँदै आएको वृद्धभत्ताको उमेर हद बढाएको छ ।

आगामी साउनदेखि ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले मात्रै वृद्धभत्ता पाउने छन् । अहिलेसम्म ६८ वर्षमै वृद्ध भत्ता दिने गरिएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषण गर्दै अब ७० वर्ष पुगेपछि मात्र वृद्ध भत्ता पाइने व्यवस्था गरिएको जानकारी दिए।

यसअघि पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको उच्च स्तरीय समितिले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाइनुपर्ने सुझाव दिएको थियो ।

खनाल नेतृत्वको समितिको सुझावलाई ख्याल गर्दै ज्येष्ठ नागरिक भत्ताको उमेर ७० वर्ष बनाइएको अर्थमन्त्री पौडेलले बताए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत् ६८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था ल्याएका थिए । त्यसअघि पनि ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता दिइँदै आएको थियो ।

वृद्धभत्ता वितरणको नीति ०५२ सालमा नेकपा एमालेको सरकारले ल्याएको अवधारणा हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds