बाँसका भाटाले हानेर एक व्यक्तिको हत्या

बाँसका भाटाले हानेर एक व्यक्तिको हत्या

mrita fela

सोलुखुम्बु । सोलुखुम्बुमा बाँसका भाटाले हानेर एक व्यक्तिको हत्या भएको छ ।

हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् ।

राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ