जन्मकैद फैसला उल्टिएर जेलमुक्त भएको २ दिनमै आलमलाई मस्तिष्कघात

जन्मकैद फैसला उल्टिएर जेलमुक्त भएको २ दिनमै आलमलाई मस्तिष्कघात

आईसीयूमा उपचार हुँदै

Mohammad-Aftab-Alam

काठमाडौं । रौतहटमा जिउँदै व्यक्तिहरुलाई ईट्टाभट्टामा जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका अफताब आलम उच्च अदालतले फैसला उल्ट्याएपछि रिहा भएकै दुई दिनमै मस्तिष्कघातको शिकार भएका छन् ।

बुधबार जेलमुक्त बनेका आलमलाई मस्तिष्कघात भएर शुक्रबार बिहानै अस्पताल भर्ना गरिएको हो । पूर्वमन्त्री एवम् कांग्रेस नेता आलमलाई आज बिहान ७ बजे मस्तिष्कघात भएपछि माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो ।

परिवारले बिहान साढे १० बजे आलमलाई अस्पताल पुर्‍याएको थियो । उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए।

उनको आईसीयूमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ । उनीसहित उनका चार जना भाइलाई २०६४ काे पहिलाे संविधान सभा निर्वाचनमा आफ्नाे घरमा बम बनाउने क्रममा बिस्फाेट भइ घाइते भएकालाई ईट्टाभट्टामा जिउँदै जलाएकाे आराेपमा राैतहट अदालतले दाेषी ठहर गर्दै जन्मकैद ताेकेकाे थियाे ।

उक्त आदेश उच्च अदालत वीरगञ्जले बुधबार उल्ट्याइदिएर सफाइ दिएपछि उनी जेलबाट छुटेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ