पोखरा । आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
यस वर्ष‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ ।
सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक छ । नेपाल धूमपान गर्ने देशहरूको २२औँ स्थानमा पर्दछ । धूमपान तथा सुर्तीजन्य पदार्थले मुख तथा फोक्सोमा मात्र नभई खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौलालगायतको क्यान्सर समेत हुने गर्दछ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह