राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ

pakrau-1

सुर्खेत । दैलेखमा राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । सोही भिडियोको आधारमा उनलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही दिन अघि ‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन?’ भन्दै भिडियो सार्वजनिक गरिएको थियो । त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको खोजी थालेको थियो ।

चार जना राउटे युवतीको बिचमा बसेका तपेन्द्रले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ । अँगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको भिडियोमा देखिन्छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds