काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कहिले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“नेपाली कांग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन । नेपालको राजसंस्था राजतन्त्रवादी भयो,” उनले भने, “नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन ।”
संवैधानिक राजसंस्था कि गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुनेमा उनले जोड दिए । उनले हालको बहस नेपालमा राजतन्त्र कि गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए ।
“हाम्रो डिभेड संवैधानिक राजसंस्था/राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन,” उनले भने, “हाम्रो डिभेड नेपालमा कि राजा रहन्छ, राजसंस्था रहन्छ कि गणतन्त्र रहन्छ, कुन छान्ने भन्ने हो ।”
राजतन्त्र पुनर्स्थापनका निम्ति पूर्वराजा ज्ञानेन्द्र शाहलाई मैदानमा उत्रन उनले चुनौती दिए । “नेपालको राजा/राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टाको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ,” उनले भने ।
राजतन्त्र आएपछि हुन्छ के भन्ने प्रश्नको जवाफ चाहिने उनको भनाइ थियो । उनले भने, “हामीले प्रश्न गर्नुपर्यो नि ! प्रश्नको जवाफ चाहियो । राजतन्त्र आयो ल, गर्ने के ? त्यसपछि के भयो ? योजना के हुन् ?”
महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमन्त्री हुन सक्ने व्यक्ति कांग्रेसमा दर्जनौँ रहेका बताए । “अबको १२/१५ महिनापछि उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री हुने भन्ने छ,” थापाले भने, “म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरू दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।”
उनले प्रमुख दलका शीर्ष नेताले आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै हालका आन्दोलन हराउने जिकिर गरे । “नेपालका ठूला पार्टीका ठूला नेताहरूले, रेस्पेक्ट गर्छु म उहाँहरूलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ,” उनले भने, “भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन ।”
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु