स्याङ्जामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जेठ १९ गतेबाट स्याङ्जाको चापाकोट नगरपालिका – १० सुन्तलीटारमा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटफुट, सितोरिया कराँते, तेक्वान्दो र उसुलगायतका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले जानकारी दिए ।
जिल्ला स्तरीय प्रतियोगिता जेठ १९ गतेदेखि २१ गतेसम्म हुनेछ । ११ पालिका रहेको स्याङ्जामा पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेका १० पालिकाको सहभागिता रहने र प्रतियोगितामा करिब पाँच सय विद्यार्थीको सहभागिता रहने रेग्मीले बताए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र सामुहिक खेलमा उत्कृष्ट खेलाडी यहि जेठ २२ गतेबाट गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ