आगलागीमा परेर ७२ वर्षीय वृद्धको मृत्यु

आगलागीमा परेर ७२ वर्षीय वृद्धको मृत्यु

aaglagi2

कैलाली । कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका- १० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।

आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ