नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा

आफू राजावादी भने नभएको प्रष्टीकरण

surya-thapa-1

काठमाडौं । नेकपा एमाले सांसद सुर्य थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् ।

यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ । सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखे ।

आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए । बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds