पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता, ‘चीन भ्रमण राम्राे भयाे’

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता, ‘चीन भ्रमण राम्राे भयाे’

bidya bhandari

काठमाडौं । १० दिने चीन भ्रमणबाट फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकी छन् ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भ्रमण राम्रो भएको र बाँकी कुरा उद्योग मन्त्री दामोदर भण्डारीले बोल्ने भनेर बाहिरिइन् ।

कम्युनिस्ट एकताको बारेमा सोधिएको प्रश्नको पूर्वराष्ट्रपति भण्डारीले जवाफ दिइनन् । भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कतिपयले भण्डारीलाई आगामी महाधिवेशनबाट एमालेको नेतृत्वको रूपमा हेरेका छन् । एमाले नेतृत्वमा भण्डारीलाई ल्याएर कम्युनिस्ट एकता गर्ने चिनियाँ चाहना रहेको चर्चा छ ।

तर, मन्त्री भण्डारीले पनि यो भ्रमणलाई त्यो चर्चासँग जोडेर हेर्न नमिल्ने बताए ।

उनले भने, ‘अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन। त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श गर्ला । र निर्णय गर्ला । तर यो भ्रमण सद्भाव भ्रमण मात्रै हो। उहाँको भ्रमण दलमा पार्टी र सरकारको पनि सहभागिता छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ