जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ । भिडभाड नियन्त्रण र सेवा प्रवाह सहज बनाउन विद्युतीय टोकन सिस्टम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
विद्युतीय टोकन सिस्टमबाट तत्काल राष्ट्रिय परिचयपत्रको लागि मात्र टोकन लिन सकिने व्यवस्था रहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।
उनले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र बनाउन र लिन आउने सेवाग्राहीका लागि विद्युतीय टोकन सिस्टम सुरु गरिएको बताए । सेवाग्राहीले लिएको टोकनको नम्बर अनुसार पालो आउने भएकाले सहज रुपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने सहायक प्रजिअ पौडेलको दाबी छ ।
यससँगै आगामी दिनमा नागरिकता, नागरिकताको प्रतिलिपी, ई-पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन विद्युतीय टोकन सिस्टम बिस्तार गरिने सहायक प्रजिअ पौडेलले बताए । उनले सेवाग्राहीलाई टोकन सिस्टमबाट सेवा प्रवाह गरिने भएपछि अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको बताए ।
टोकन प्रणाली सुरु भएपछि सेवाग्राहीले सहज रुपमा सेवा पाउनुका साथै कार्यकक्षमा अनावश्यक भिड कम हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर ममिता भुसालले बताइन् ।
सेवाग्राहीलाई बिना झन्झट प्रभावकारी ढंगले सेवा लिन पाउने व्यवस्था गरेकाले यसलाई सधैं कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रहसमेत गरेका छन् । सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि मात्र नभई टोकन सिस्टम प्रशासनले प्रवाह गर्ने अन्य सेवाहरुमा पनि बिस्तार गर्नुपर्ने आग्रह गरेका छन् ।
दुई लाखभन्दा बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन गृह मन्त्रालयको बजेटमा प्रशासनले खरिद गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । विद्युतीय टोकन सिस्टम राष्ट्रिय परिचयपत्रसँगै अन्य शाखाहरुमा बिस्तार भएपछि प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने प्रजिअ अर्यालले विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु