पोखरा महानगरपालिका वडा नं. १५ मा चार दिने आधारभूत प्राथमिक उपचार सम्बन्धी तालिम सुरू भएको छ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – १५ उपशाखाको समन्वय तथा वडा नं. १५ को आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सुरू भएको हो।
तालिममा वडाका विभिन्न टोलबाट दुई दर्जन महिलाहरूको सहभागिता रहेको छ। स्वागत मन्तव्य राख्दै वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियारले तालिमले समुदायमा स्वास्थ्य र सुरक्षाबारे सचेतना फैलाउने भएकाले नियमित उपस्थित भएर तालिममा सहभागी रहन आग्रह गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तोरण बानियाँले हाम्रो समाजमा दिनप्रतिदिन विपद् बढिरहेको अवस्थामा हामीले केही कुरा सिक्न पाए विपदमा परेका नागरिकलाई छोटो समयमा उद्धार गर्न र नागरिकको जीवन बचाउन सकिन्छ कि भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताए।
उनले मानिसको जीवनको अन्तिम समयसम्म सिकाइको क्रम चलिरहने भन्दै मानवीय जीवन रक्षा गर्ने यस किसिमको सिकाइले भविष्यमा आफूलाई पनि गर्वको अनुभूति हुने भएकाले यस अवसरलाई भरपुर सदुपयोग गर्न सहभागीलाई सुझाव दिए।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले आधारभूत प्राथमिक उपचार तालिममा सहभागी हुन पाउनु महत्त्वपूर्ण अवसर रहेको भन्दै सहभागीलाई चारै दिन पूरा समय दिएर सिक्न आग्रह गरिन्।

यस्तै, नेपाल रेडक्रस सोसाइटी पोखरा – १५ उपशाखाका सभापति शिव बहादुर भण्डारीले व्यक्तिले सिकेको सीप आफ्नो घर, टोल अनि समाजमा पनि सिकाउने भएकाले नै आधारभूत प्राथमिक उपचार तालिम’ सुरु गरिएको बताए । उनले तालिमले नै व्यक्तिमा आत्मविश्वास र सिकाई दुवै बढ्ने भन्दै त्यस्ता व्यक्ति विपदमा पनि अग्रसर रहने बताए।

आगामी जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षकहरू मोहन सिंह खड्का, नवराज भण्डारी, सूर्य प्रसाद तिमिल्सिना, लिला देवकोटा र गणेश भण्डारीले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा फूल चढाइएको थियो । तालिम कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, नेपाल रेडक्रस पोखरा-१५ उपशाखा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पोखरा – १५ का सचिव युवराज पौडेलले गरेका थिए।

थप तस्वीरहरूः







सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन