सत्ता गठबन्धनमा कुनै समस्या छैन : देउवा

राजनीति

सत्ता गठबन्धनमा कुनै समस्या छैन : देउवा

Deuba-oli (1)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताएका हुन् ।

सभापति देउवाले सत्ता गठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे। त्यस्तै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए । उनले राजावादीहरूको आन्दोलन तुहिसकेको समेत जिकिर गरे ।

सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ