गृहमन्त्रीको राजीनामाको माग स्थगित भइसक्यो: राजेन्द्र पाण्डे

राजनीति

गृहमन्त्रीको राजीनामाको माग स्थगित भइसक्यो: राजेन्द्र पाण्डे

rajendra-pande

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने विपक्षीको एजेन्डा लगभग स्थगित भइसकेको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री सदनमा बोल्दा ०६४ यताको सबै छानबिन गर्ने प्रतिबद्धता जनाउनुपर्ने शर्त अघि सारेको बताए ।

उनले भने, ‘राजीनामा त लगभग स्थगित जस्तो भइसक्यो । सत्तापक्षले छानबिन गर्न मिल्दैन, अख्तियारले छानबिन गरिरहेको छ, यो बेलामा सकिन्न भनिरहेको छ । तर, गृहमन्त्रीले उत्तर दिने बेलामा प्रतिपक्षले उठाएका विषयमा गम्भीर हुनुपर्‍यो । अख्तियारले टुंगो लगाएपछि ०६४ यताकै सबै समग्र छानबिन गर्ने गरी जाऔँ भन्ने ढङ्गले कुरा चलिरहेको छ । आज अन्तिममा यस्तैमा टुङ्ग्याउने कोसिस भइरहेको छ ।’

उनले आज छलफल चलिरहेको भन्दै सम्भव भए आजै नभए भोलि गृहमन्त्रीको जवाफ आउने गरी सदन चल्नसक्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ