बाजुराको बाम्का बजारमा भीषण आगलागीः पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाजुराको बाम्का बजारमा भीषण आगलागीः पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

एनआरएनएद्वारा ५ लाख सहयोगको घोषणा

0-0x0-0-0#

0-0x0-0-0#

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा भीषण आगलागी भएको छ । हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको थियो ।

दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो समयमै निभाउन नसकिएको बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिए ।

बजारको एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट झन्डै ४० वटा पसल जलेर नष्ट भएको छ । विस्थापित परिवार छिमेकीको आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतासहितको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र क्षतिपूर्ती उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र पालिकाका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले आगलागी पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय पनि गरेको छ ।

यसैबिच, आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।

एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ