अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे

airpot ktm

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट अर्थात निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौँ आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाडाँै फर्काइदिएको हो ।

अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाडौँ आइपुगेका अध्यागमन विभागले जनाएको छ ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुलाई सोधपुछ गरेर घर जान दिने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ