सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट भित्रिनेमध्ये दैनिक सङ्क्रमण देखिएको छ।
नाकाका हेल्थ डेस्कमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। निर्देशनालयका अनुसार मङ्गलबार पनि भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ।
गौरीफन्टा र झुलाघाट नाकामा एक-एक जनामा सङ्क्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिए, जसमध्ये १४ जनाको परीक्षणमा दुई जनामा सङ्क्रमण भेटियो।
गड्डाचौकी नाका भारतको दिल्लीबाट नजिकको नाका हो, जहाँबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुन्छन्। कीट अभावले यात्रुको स्वास्थ्य परीक्षण हुन सकेको छैन।
त्रिनगर नाकामा सङ्क्रमण पुष्टि भएकामध्ये धेरैजसो दिल्लीबाट फर्किएका छन्। यसले सुदूरपश्चिममा कोरोनाको जोखिम बढाएको स्वास्थ्यकर्मी बताउँछन्। निर्देशनालयका अनुसार २०० कीट प्राप्त भएपछि हाल प्रदेशमा ३७० कीट उपलब्ध छन्।
कञ्चनपुरको गड्डाचौकी नाकामा मङ्गलबार १०० कीट प्राप्त भएपछि परीक्षण सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले भने, ‘हामीसँग १०० कीट मात्र छ, यो पर्याप्त छैन। अहिले लक्षण देखिएकाको मात्र परीक्षण गरिरहेका छौँ।’ मङ्गलबार गड्डाचौकीमा सात जनाको परीक्षण गरिएको थियो।
स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा भारतबाट फर्किनेको स्वास्थ्य अवस्था र लक्षण सोधपुछ गर्छन्, साथै मलेरिया, डेङ्गीलगायतका परीक्षण र परामर्श दिन्छन्। गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भने, ‘आप्रवासीलाई कडाइ गरेका छौँ, तर कीट अभावले परीक्षण गर्न सकिएको छैन। शङ्कास्पदलाई एक हप्ता परिवारबाट टाढा बस्न सुझाउँछौँ।’
विगतमा नाकामा कडाइ नहुँदा सङ्क्रमण फैलिएको भन्दै स्थानीयले कडाइ गर्नुपर्ने माग गरेका छन्। स्थानीय पदम थापाले भने, ‘गड्डाचौकीबाट आउनेको कोभिड परीक्षण भएको छैन। हेल्थ डेस्कमा जाँच हुँदैन, सुरक्षाकर्मीले रोक्दैनन्।’ उनले जीप, कार र बस नरोकी नेपाल प्रवेश गर्ने गरेको भन्दै प्रशासनले हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताए। कोरोना महामारीपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन्। रासस
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ