वालिङ्का इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय

वालिङ्का इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय

mauri-palan-bee-farming-in-waling

स्याङ्जाको वालिङ नगरपालिका –५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।

पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।

‘वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ’, मल्लले भने, ‘पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।’ फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्‍याएका छन् । फर्ममा हाल २०० बढी घार रहेका छन् ।

जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए । जङ्गलको मह प्रतिकेजी रु एक हजार ५०० र तोरीको मह प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताए ।

‘चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु ८०० का दरले र टुनीको घारसहित रु नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट रु दुई लाख ४० हजार आम्दानी भएको छ’, उनले सुनाए ।

फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उनले बताए ।

‘यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ’, उनले भने, ‘उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ