काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका तीन फरार प्रतिवादीहरू पक्राउ परेका छन्।
१६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया मुना खातुन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १० भंगाल बसोबास गर्दै आएकी मुनालाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो ।
यस्तै, ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दाका फरार प्रतिवादी ३८ वर्षीय भारतीय नागरिक मोहमद अलिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कोलकत्ता, रोड नं. २० भइ हाल काठमाडौंको बुढानिलकण्ठ–कपनमा बसोबास गर्दै आएका थिए।
यसैगरी, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी ६५ वर्षीया अर्जुन थापा पनि पक्राउ परेका छन् ।
सर्लाहीको ईश्वरापुर नगरपालिका– ९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीमा बस्दै आएका थिए।
उनीहरुलाई जेठ ३० गते काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर